नाडेप लघुवित्तको खुद नाफा २८.९६ प्रतिशतले घट्यो, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नाडेप लघुवित्तको खुद नाफा २८.९६ प्रतिशतले घट्यो, अन्य सूचक कस्ताे ?



काठमाडौं । नाडेप लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अबधिमा लघुवित्तको खुद नाफा २८.९६ प्रतिशतले घटेर ११ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ६ लाख रूपैंया नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीको सञ्चालन नाफा ४७.७५ प्रतिशतले घटेर १३ करोड ४ लाख पुगेको छ । अघिल्लो आवमा लघुवित्तको सञ्चालन नाफा २४ करोड ९७ लाख पुगेको थियो । कम्पनीको यता खुद ब्याज आम्दानी पनि १७.९५ प्रतिशतले घटेर ३९ करोड १० लाखमा सिमित रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख रूपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा भने ३९ करोड २७ लाख रूपैयाँ सञ्चित छ । कम्पनीको खराब कर्जा १.३८ प्रतिशतले बढेर ४.८९ प्रतिशत पुगेको छ ।

गत आवमा लघुवित्तको प्रतिसेयर आम्दानी तल झरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ४९ पैसामा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ७५ पैसा रहेको थियो ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ११:०४