राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १७ गते (मंगलबार) १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले आगामी मंगलबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ। यसैगरी, १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुन आगामी माघ १७ परिपक्व हुनेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १७:०७