हिमाल दोलखा हाइड्रोपावरले डाक्याे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमाल दोलखा हाइड्रोपावरले डाक्याे साधारण सभा



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १३ औं र १४ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आगामी भदौ ३ गते बिहान ११ बजेदेखि काठमाडौंको नक्सालस्थित लिसरा हलमा गर्ने तय गरेको हो ।

साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोडको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । साथै हकप्रद सेयर जारी गरेपछि कम्पनीको अधिकृत पुँजी २ अर्ब ८० करोड र जारी चुक्ता पुँजी २ अर्ब ८० करोड अनुरुप हुनेगरी कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) (ख)मा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

साथै साधारणसभाले सार्वजनिक लगानीकर्ताबाट २ जना र संस्थापकबाट ३ जना सञ्चालक चयन गर्नेछ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित पीएनएलको विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदनलाई पनि अनुमोदन गर्नेछ । साथै, साधारणसभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत तय गर्नेछ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १३:०२