साधना लघुवित्तको कस्ताे छ वित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

साधना लघुवित्तको कस्ताे छ वित्तीय अवस्था ?



काठमाडौं । साधना लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अबधिमा लघुवित्तको खुद नाफा ११ करोड ६१ लाख २५ हजार रूपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा ०.८३ प्रतिशत कम हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड ७० लाख ९५ हजार रूपैंया नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीको सञ्चालन नाफा २.६४ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी भने १९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रूपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १७ करोड ५७ लाख २९ हजार रूपैयाँ सञ्चित छ ।

गत आवमा लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४२ पैसाले घटेर ३६ रुपैयाँ १५ पैसामा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७ पैसा छ । यसको खराब कर्जा २.०२ प्रतिशत बाट घटेर १.९२ प्रतिशत पुगेको छ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार ११:३३