कारोबार रकमसंगै सातामा ५.५६ प्रतिशत बढ्यो नेप्से , आगामी साता के होला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कारोबार रकमसंगै सातामा ५.५६ प्रतिशत बढ्यो नेप्से , आगामी साता के होला ?



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५६ प्रतिशत बढेको छ । गत साता २०१७.४६ विन्दुमा बन्द भएको नेप्से, यस साताको पहिलो कारोबार दिनमा २०२७.८ मा खुलेको थियो ।

यो साता ६ दिन कारोबार भएको नप्सेमा २१५ वटा कम्पनीको कारोबार भएको छ । त्यसैगरी ३ लाख २३ हजार ३०७ वटा कारोबार भएको छ । जसअनुसार ४ करोड ६४ लाख १५ हजार २५८ कित्ता शेयर खरीद बिक्री हुँदा २० अर्ब ७१ करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।


यो साता बढेर उच्च बिन्दु २१५६.३९ सम्म पुगेको नेप्से सबैभन्दा कम २०२७.६६ बिन्दुसम्म झरेको थियो । यसरी हप्तामा एक दिन बजार घटेपनि बाकी पाचैं दिन हरियाली छाएको नेप्से परिसूचक अन्तिम कारोबार दिनमा २१४०.५२ विन्दुमा बन्द भएको छ ।

यी हुन् यस साता नेप्सेमा बढेका मध्येका ५ कम्पनी

समृद्धि फाईनान्स कम्पनीको शेयरमुल्य यस साता ४२.५३ प्रतिशत बढेर प्रतिकित्ता ३१५ रुपैंया पुगेको छ । त्यसैगरी मल्टिप्रपोज कम्पनीको शेयरमुल्य ३७.८९ प्रतिशत बढेर ३५३ प्रतिकित्ता पुगेको छ । राष्ट्र उत्थान लघुवित्त संस्थाको शेयरमुल्य ३५.८१ प्रतिशतले बढेर प्रतिकित्ता १२८८.३ रुपैंया पुगेको छ भने जानकी फाईनान्स कम्पनीको शेयरमुल्य २८.४८ प्रतिशत बढेको छ । यसको शेयर प्रतिकित्ता ४९८ रुपैंया पुगेर बन्द भएको छ ।

साथै, अर्काे यो साता बढ्ने कम्पनीमा गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाईनान्स कम्पनी पनि रहेको छ । यसको शेयरमुल्य २६.७९ प्रतिशतले बढेर ४०९.९ रुपैंया प्रतिकित्ता पुगेर बन्द भएको छ ।

प्रकाशित : १४ श्रावण २०७९, शनिबार १४:२१