नागरिक लगानी कोषकाे वार्षिक साधारणसभा भदौ ६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषकाे वार्षिक साधारणसभा भदौ ६ गते



काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २७ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। कोषको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सभा आगामी भदौ ६ गते गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्।

त्यसैगरी सभाले कोषको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कोषले आगामी साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै काेषाको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार १३:४४