३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ ।यो चालु आर्थिक वर्षको पहिलो रिपो हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आगामी साउन १९ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरीद गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार १३:३२