एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढ्दा, खराब कर्जा बढेर ०.२४ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढ्दा, खराब कर्जा बढेर ०.२४ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म आईपुग्दा २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ४३.७७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ७.८१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६० अर्ब २२ करोड २ लाख ५७ हजार रुपैंया निक्षेप संकलन गरेको थियो । त्यसैगरी बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.२४ प्रतिशतमा पुगेको छ ।

समिक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले उकालो लागेर ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ४२.८२ प्रतिशत बढेर ३ अर्ब ६३ करोड ९६ लाख रुपैंया पुगेको छ ।

जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख रुपैयाँ व्यवस्था गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५९ प्रतिशतले धेरै हो । बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ रहेको छ । २७ रुपैयाँ ०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा पुगेकाे छ ।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार ११:३१