तीन विकास ऋणपत्र नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन विकास ऋणपत्र नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा केन्द्रिय बैंकले जारी गरेको विकास ऋणपत्रहरु ५ वर्षे अवधिको २०८४ ‘छ’, ५ वर्षे अवधिको २०८४ ‘ज’ र ६ वर्षे अवधिको २०८५ ‘च’ सूचीकृत भएको हो।

विकास ऋणपत्र २०८४ ‘छ’ १५ अर्ब रुपैयाँ बराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार ८ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८४ असार ८ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.१९ प्रतिशत ब्याज पाउँछन्।

यसैगरी, विकास ऋणपत्र २०८४ ‘ज’ पनि १५ अर्ब रुपैयाँ बराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार १५ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८४ असार १५ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.०२ प्रतिशत ब्याज पाउँछन्।

त्यस्तै विकास ऋणपत्र २०८५ ‘ज’ ५ अर्ब रुपैयाँ बराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार २२ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८५ असार २२ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.४९ प्रतिशत ब्याज पाउँछन्।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १६:२७