एनआईसी एसिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत बढ्यो,अन्य सुचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एसिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत बढ्यो,अन्य सुचक कस्ता छन् ?



काठमाडौं । एनआईसी एसिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अबधिमा लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत बढेर ५८ करोड ५६ लाख ३५ हजार रूपैयाँ पुगेको हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४७ करोड ४ लाख ९ हजार रूपैयाँ मात्रै नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड ५ लाख २६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेको हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३ करोड ९७ लाख ४० हजार रूपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ३५ करोड २६ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षमा लघुवित्तले १६ अर्ब ३१ करोड ७ लाख रूपैयाँ सापटी लिएको छ भने २१ अर्ब ८४ करोड ७३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आवको यसै अवधिको तुलनामा लघुवित्तको सञ्चालन नाफा ३१.७३ प्रतिशतले बढेको छ । सञ्चालन नाफा ९२ करोड ९३ लाख ६३ हजार रूपैयाँ रहेको छ भने अघिल्लो आवको सोही अवधिमा ७० करोड ५५ लाख २८ हजार रूपैयाँ थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १ अर्ब ४० करोड ८९ लाख ४ हजार रूपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७ रूपैयाँ पुगेको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १२:४१