स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६२.२७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६२.२७ प्रतिशतले बढ्यो



काठमाडौं ।स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै बैंकको सञ्चालन नाफा ३ अर्ब २५ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा २ अर्ब १ करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । एक वर्षमा बैंकले ९३ अर्ब ७२ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसाले बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ पुगेको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १२:०५