सुनको मुल्य तोलामा दुई सय रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा दुई सय रुपैंयाले घट्यो



काठमाडौं । बुधबार सुनको मुल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार ११:३५