खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न, ५ लाख बढी प्रयोगकर्ताले गरे करोड भन्दा बढीकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न, ५ लाख बढी प्रयोगकर्ताले गरे करोड भन्दा बढीकाे कारोबार



काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूकालागि गत जेठ १२ गते देखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ। यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो।

यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए। साथै हरेक दिन १ बजे देखि सुरु हुने फाएर सेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५० प्रतिशतसम्म क्यास्ब्याक प्रदान गरिएको थियो।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा बजाज पल्सर एस १६० एबिएस तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेका छन्। यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा वन प्लसको ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरी खुसी व्यक्त गरेका छन् ।

खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो। सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न गरेको थियो।

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने जनाएको छ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १६:४०