एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा दिने



काठमाडौं । एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिषा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नेछन् ।

यसका साथै, मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट एक हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भिषा क्युआर कोड “एनसीसी बैंकको: माेकाे डिजिटल वालेट मार्फत भुक्तानी सेवा” प्रयोग गरी भुक्तानी समेत गर्न सकिने छ । साथै, मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १६:२०