ग्लोबल आइएमई लघुवित्तको वित्तिय अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तको वित्तिय अवस्था कस्तो छ ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले चौथो त्रैमाससम्ममा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा १०.०५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले २ अर्ब ९६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८.४६ प्रतिशतले बढेको हो । त्यसैगरी लघुवित्तले ८ अर्ब २४ करोड २१ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने खराब कर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा झरेको छ ।

समिक्षा अवधीमा लघुवित्तको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले उकालो लागेर ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २६.९३ प्रतिशत बढेर ३९ करोड ७६ लाख ५३ हजार रुपैंया पुगेको छ ।

जगेडा कोषमा ४६ करोड ९ लाख ९७ हजार रुपैयाँ व्यवस्था गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.४५ प्रतिशतले धेरै हो । लघुवित्तको चुक्ता पुजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको छ । ४५ रुपैयाँ ३४ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १४:२१