गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग छुट सम्बन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

कर्पोरेट

गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग छुट सम्बन्धि सम्झौता



काठमाडौं । गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।


सम्झौतापत्र अनुसार विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराईचुली होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सकिने छ । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाएको छ ।


यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १३:०५