सुनचाँदीको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला ९४ हजार ४०० सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो दिन प्रतितोला ११५५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज सामान्य घटेर ११५० रुपैंया कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार ११:५८