वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्बले घट्याे, कस्तो छ सीडी रेसियोको अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्बले घट्याे, कस्तो छ सीडी रेसियोको अवस्था ?



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनाको पहिलो हप्तामा नै वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो ।

यस्तै, चालू आर्थिक वर्षको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । बैंकहरुको कर्जा प्रवाह १० अर्ब रुपैयाँले घटेर कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको हो ।

वाणिज्य बैंकहरुले असार मसान्तसम्म कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ कायम थियो । वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १६:०६