मुलुकको व्यापार घाटा २३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

मुलुकको व्यापार घाटा २३ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बढीको बस्तु तथा सेवा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष २४.७२ प्रतिशत बढी वस्तु तथा सेवा आयात भएको हो ।

त्यस्तै, गत आर्थिक बर्षमा सामान निर्यात भने ४१.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक बर्षमा १ खर्ब ४१ अर्ब रुपैयाँ बढीको सामान निर्यात गरेकोमा गत बर्षमा २ खर्ब रुपैयाँ बढीको सामान निर्यात गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षसम्म नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७७/७८ सम्म व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँमात्रै थियो।

असारमा आयात धेरै हुने १० वस्तुहरुमा पेट्रोल, हवाई इन्धन, भटमासको कच्चा तेल, पोलिथिन दाना, डिजेल, एलपी ग्याँस, तयारी कपडा, अन्य औधोगिक मेसीनरी, स्टेपल फाइबर र स्वास्थ्य उपकरण छन् । नेपालको आयात–निर्यात अनुपात भने ९.६० रहेको छ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १४:२५