हब कोअपरेटिभकाे नयाँ शाखा चितवनको भरतपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हब कोअपरेटिभकाे नयाँ शाखा चितवनको भरतपुरमा



काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडको शाखा चितवनको भरतपुरमा आजदेखि सन्चालनमा आएको छ । एयरपोर्ट लाइनमा खोलिएको शाखाको भरतपुर महानगरपालिका वडा नं.१० का अध्यक्ष परमेश्वर खनालले उदघाटन गरेका हुन् ।

सहकारीको मूल्य, मान्यता, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र विश्वसनीय र प्रविधिमैत्री ढंगबाट सम्पादन गर्ने उद्देश्यले भरतपुरमा पाँचौं शाखा खोलिएको हब कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष दक्ष पौडेलले जानकारी दिए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रवाह, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी–सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी समन्वय गरी काम गर्ने उद्देश्यका साथ हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुरमा आजदेखि शुभारम्भ गरिएको छ,’ उनले भने ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १३:४१