एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै बैंकको सञ्चालन नाफा २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा १ अर्ब ९२ करोड २६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

एक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १२:०७