सुनको मुल्य तोलामा एक सय रुपैंयाले घट्यो, चाँदीको मुल्य भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक सय रुपैंयाले घट्यो, चाँदीको मुल्य भने स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला ९४ हजार ५०० सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो दिन प्रतितोला ११५५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मुल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार ११:१७