राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ। यसैगरी ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी कार्तिक ८ गते परिपक्व हुनेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १७:१२