प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत वर्षको सोही अवधिको तुलनामा नाफा ५१.११ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४८ करोड २४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अबधिमा बैंकको खुद व्याज आम्दानी पनि २३.०३ प्रतिशतले बढेर ६ अर्ब १८ करोड २ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४७.७५ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ६२ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ६० करोड ३२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब १३ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ १७ पैसाबाट बढेर २० रूपैयाँ ४६ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १४:१४