लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

बैकले असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, सञ्चालन नाफा पनि २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश १४ रुपैयाँ ७३ पैसा र १५७ रुपैयाँ ३२ पैसा रहेको थियो ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १३:५५