सनराइज बैंकको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज बैंकको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सनराइज बैंककाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेर ४ अर्ब ५९ करोड २ लाख १ हजार रुपैया आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५२ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेर २ अर्ब ७३ करोड ९ लाख ८१ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेर ९३ करोड २३ लाख ३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत बढेर ५ अर्ब ९८ करोड ७७ लाख ३९ हजार रुपैयाँ र वितरण योग्य नाफा ५७.४३ प्रतिशत घटेर २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २५.०८ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६४ लाख ४९ हजार रुपैयाँ, निक्षेप २३.६५ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार रुपैयाँ र कर्जा १९.५६ प्रतिशत बढेर १ खर्ब २० अर्ब १४ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २१.२७ रहेको छ भने गत आर्थिक वर्षमा १५.२५ रहेको थियो । त्यसैगरी नेटवर्थ १६५.२९ रहेको छ भने मुल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १३:४५