अपर तामाकोशी हाइड्रोपावरको बार्षिक साधारणसभा भदौ ३ गते,के के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपर तामाकोशी हाइड्रोपावरको बार्षिक साधारणसभा भदौ ३ गते,के के छन् एजेण्डा ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार सभा आगामी भदौ ३ गते शुक्रबार काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आह्वान गरिएको हो ।

कम्पनीले यस पटक शेयरधनिलाई कुनैपनि लाभांश प्रस्ताव भने गरेको छैन । कम्पनीले सेयरधनीबाट थप पुँजी संकलनका लागि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेर ऋण तिर्न पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई अनुमोदन गर्ने,समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन गर्ने प्रस्ताव गर्नेछ ।

यसैगरी अध्यक्षको आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८र७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १८ गते बुधबार एक दिन सेयर दाखिल खारेजी गर्ने भएको छ । बुकक्लोज अनुसार अनुसार साउन १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र १४ औं वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १२:१९