अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यगी व्यवसायीहरुको जरिवानामा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यगी व्यवसायीहरुको जरिवानामा विशेष छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगीव्यवसायीको जरिवानामा विशेष छुटको पाउने भएका छन्। बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यगीव्यवसायीहरुले जरिवानामा विशेष छुट पाउने छन्।

त्यस्ता उद्यगीव्यवसायीले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा जरिवाना ब्याज तिर्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। यस्तो छुटमा बैंकहरुले ऋणीबाट थप दस्तुर लिन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १८:१०