सिभिल लघुवित्तको खुद नाफा ७ करोड ३६ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सिभिल लघुवित्तको खुद नाफा ७ करोड ३६ लाख



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ३६ लाख खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १३ दशमलव ३९ प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आवमा कम्पनीले ६ करोड ४९ लाख खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा १८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी २८ करोड ८१ लाख रहेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा १३ करोड ८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ दशमलव ५६, मूल्य आम्दानी अनुपात ३० दशमलव २९ गुणा प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८९ रहेको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १४:००