मौद्रिक नीति दिउसो ४ बजे सार्वजनिक गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नीति दिउसो ४ बजे सार्वजनिक गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजनीतिक र आर्थिक दबाबका बीच आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति आज दिउसो ४ बजे भर्चुअल (अनलाइन माध्यम)बाट सार्वजनिक गर्ने भएका छन्।

मौद्रिक नीतिबारे छलफल गर्न आज सञ्चालक समितिको बैठक बोलाइएको थियो। सञ्चालक समितिमा चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो ल्याउनु पर्नेमा सबै सहमत देखिएका छन्।

स्रोतका अनुसार राष्ट्र बैंकले नीतिगत दरहरु बढाउने, घटाइएका सिआरआर मौद्रिक नीतिले बढाउने जनाइएकाे छ।

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा विस्तारको लक्ष्य पनि गत आर्थिक वर्षको भन्दा कम तय हुने देखिन्छ । गत वर्ष बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा बैंकहरुको कर्जाको बृद्धिदर १२ प्रतिशतमा सिमित भएको थियो। यस वर्ष पनि केन्द्रिय बैंकले कर्जाको बृद्धिदर घटाउने गरी मौद्रिक नीति तर्जुमा गर्दै छ।

केन्द्रिय बैंकले यस वर्षको मौद्रिक नीतिमा बाह्य क्षेत्रको सन्तुलनमा बढी जोड दिएको बुझिएको छ। शेधानान्तर स्थिती घट्दै गएको, ब्यापार घाटा बढ्दै गएको र विदेशी विनिमय सञ्चिति घट्दै गएको अवस्थामा केन्द्रिय बैंकले यी क्षेत्रहरुलाई सन्तुलनमा राख्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने भएको हो।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १२:५०