नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा २२.५३ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा २२.५३ प्रतिशत बढ्यो



काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २२.५३ प्रतिशतले बढेको छ।

बैंकले गत वर्षको असार मसान्तसम्म १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, संचालन आम्दानी, फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेर १ अर्ब ८८ करोड र सञ्चालन मुनाफा २३.२४ प्रतिशत बढेर १ अर्ब ४६ करोड पुगेको छ ।

२१ अर्ब ६० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य मुनाफा ८० करोड ८४ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले २ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद नाफ बढेसंँगै बैंकको प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४.७५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०८.४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.५२ गुणा, खराब कर्जा शून्य प्रतिशत छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १२:२९