महुली लघुवित्तको १० करोड ८५ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

महुली लघुवित्तको १० करोड ८५ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित सार्वजनिक गरेको छ। महुली लघुवित्तले चौथो त्रैमाससम्ममा १० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १०.७४ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष यसै अवधिमा ९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १९.५० प्रतिशत र सञ्चालन नाफा २५.७८ प्रतिशतले बढेको छ ।

महुलीको निक्षेप संकलन २७.१५ प्रतिशत र कर्जा लगानी ३८.३४ प्रतिशतले बढेको छ । महुलीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा (वार्षिक) रहेकामा अहिले घटेर ३८ रुपैयाँ ४८ पैसा (वार्षिक) मा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५३ पैसा छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १२:०२