सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्य बृद्धि भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजावी सुनको मुल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार ११:३९