ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघ्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २५ प्रतिशत बढी हो । अघिल्लो वर्षको यसैअवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १९ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १८ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५० प्रतिशत बढी हो । साथै, गत आवको असार मसान्तसम्म बैंकले १३ अर्ब ४७ करोड रुपैयाँ बढी खुद सञ्चालन नाफा कमाएको छ ।

गत आवको चौथो त्रैमाससम्म बैंकको सीडी रेसियो ७६.३१ प्रतिशत, बेसरेट ६.६० प्रतिशत, स्प्रेडरेट ३.६५ प्रतिशत र खराब कर्जा अनुपात १.४६ प्रतिशत रहेको छ । गत असार मसान्तसम्म बैंकको प्रतिसेयर मूलय ३ सय १६ रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ११ पैसा र तरलता अनुपात २३.५५ प्रतिशत रहेको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार ११:२२