बोर्डले आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

बोर्डले आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले वार्षिक नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने जनाएको छ।

नेपाल सरकारको १५ औं योजना अवधिमा ६० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने लक्ष्य अनुसार विस्तार गर्न बाँकी रहेका ७ वटा स्थानीय तहमा समेत कार्यक्रम विस्तार गर्ने बोर्डको तयारी छ ।

हालसम्म ४५० वटा प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरूसँग सम्झौता गरी नागरिकलाई सेवा प्रदान भइरहेको बोर्डले जनाएको छ ।

यस कार्यक्रममा हालसम्म करिब १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२।१४ प्रतिशत र करिब ५६ लाख ५७ हजार ७२५ अर्थात २१.३५ प्रतिशत नागरिक आवद्ध भएका छन् ।

स्वास्थ्य सेवा प्रदायकले दाबी गर्दा सरल, प्रभावकारी र एकरूपताका लागि बोर्डबाट उपयुक्त किसिमाको इएमआर निमार्ण गरि लागु गर्ने र बीमा सूचना प्रविधिको लागि नयाँ सफ्टवेयर निमार्ण गर्ने बोर्डको योजना छ ।

हाल सञ्चालित दाबी मूल्यांकन प्रकृयाबाट रकम भुक्तानी गर्दा धेरै समयमा व्यतित भइ दाबी फर्छौट प्रकृया ढिलाई भएको भन्दै बोर्डले दाबी मूल्यांकनको लागि तेस्रो पक्ष व्यवस्थापन (टिपीए) प्रविधिलाई परिक्षण गरी लागु गरिनेछ ।

स्वास्थ्य बीमा कार्यक्रम प्रति सेवाग्राही र सेवा प्रदायकबाट आउने गुनासो व्यवस्थापन प्रकृयालाई छिटो छरितो र व्यवस्थित बनाउदै लगिने, सूचना प्रविधिको प्रयोगरी बीमितको अनलाईन प्रणालीबाट गर्ने पद्दतीको शुरूवात गर्ने बोर्डको तयारी छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १५:०९