नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।

कम्पनीले उनलाई साउन ४ गतेदेखि लागु हुने गरी सिइओ नियुक्त गरेको छ।बीमा समितिले पराजुलीलाई सिइओ नियुक्त गर्न साउन ३ गते स्वीकृति प्रदान गरेको थियो । पराजुली रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओबाट बाहिरीएपछि नेपाल लाइफमा डेपुटी नियुक्त भएका थिए ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १२:०३