एनआईसी एसिया बैंककाे खुद नाफा ४ अर्ब भन्दा बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसिया बैंककाे खुद नाफा ४ अर्ब भन्दा बढी



काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अबधिमा बैंकको खुद नाफा ३८.८६ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ पुगेको हो ।

गत वर्षको यसैअवधिमा बैकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा भने १६.९०५ ले बढेर २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले बढेर ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष एनआइसी एसियाले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, सञ्चालन नाफा पनि ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ । प्रतिसेयर आम्दानीमा पनि बैकले राम्रै नाफा आर्जन गरेको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार ११:०१