दुई वटा ऋणपत्र जारी गर्न एभरेष्ट बैंकले पायाे बोर्डबाट अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

दुई वटा ऋणपत्र जारी गर्न एभरेष्ट बैंकले पायाे बोर्डबाट अनुमति



काठमाडौं । एभरेष्ट बैंकले दुई वटा ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ६ वर्षे अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति पाएको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । उक्त ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ ।

त्यसैगरी, बैंकले अर्को २ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैैंकले १० बर्ष अवधिको एभरेष्ट बैंक ऋणपत्र–२०८९ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा भने वार्षिक ५.५ प्रतिशत ब्याजदर पाइनेछ । यी दुबै ऋणपत्रमा बिक्री प्रबन्धक लक्ष्मी क्यापीटल रहेको छ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १७:१६