वाणिज्य बैंकहरुको निक्षेप संकलन एक वर्षमा ३ खर्ब ४० अर्बले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप संकलन एक वर्षमा ३ खर्ब ४० अर्बले बढ्याे



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो।

त्यसैगरी गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ खर्ब ५४ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षमा भने कर्जा लगानी बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत रहेको छ। त्यस्तै सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुको सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल नै रहेको छ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १४:०५