आरएसडिसी लघुवित्तको नाफा र ईपीएस दुबै बढ्यो,यस्तो छ प्रगति विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरएसडिसी लघुवित्तको नाफा र ईपीएस दुबै बढ्यो,यस्तो छ प्रगति विवरण



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा र ईपीएस दुबै बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४८.४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १० करोड ५८ लाख ५५ हजार ७०२ रुपैयाँ रहेको छ ।अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म १६ करोड २७ लाख ६८ हजार रुपैयाँ रहेकोमा गत आर्थिक बर्षको सोही अवधिमा बढेर २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा १२ करोड ९० लाख ६८ हजार रुपैयाँबाट बढेर १९ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३७.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५१.१४ प्रतिशत र कर्जा ५५.९६ प्रतिशत बढेको छ। यसको खराब कर्जा ०.९९ प्रतिशतबाट घटेर ०.४९ प्रतिशत पुगेकाे छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १२:३४