सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार ११:३४