विलासी वस्तु आयात भदौ १० सम्म पुर्ण रोक, मोटरसाइकलदेखि मदिरासम्मको आयात बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

विलासी वस्तु आयात भदौ १० सम्म पुर्ण रोक, मोटरसाइकलदेखि मदिरासम्मको आयात बन्द



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप एक महिना लम्बाएको छ ।आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो ।

राजपत्रको नयाँ सूचनाअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० सय डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो । योसँगै पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा प्रतिबन्धलाई पनि निरन्तरता दिएको जनाएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन तथा मदिराल लगाएतका समाना आयातमा प्रतिबन्ध कायम राखेको छ ।

प्रकाशित : १ श्रावण २०७९, आईतवार १२:५९