एचआईडिसीएलकाे अवितरित हकप्रद शेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एचआईडिसीएलकाे अवितरित हकप्रद शेयर बाँडफाँट



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरेको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर रू. १०० कट अफ मूल्यमै ३७७ जना आवेदकहरूलाई असार २४ गते माग बमोजिम शेयर बाँडफाँट गरेको हो । यो शेयर खरीदका लागि आवेदन दिएका १० जनाको ११ थान बोलपत्र रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ । शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पुरा गरेको छ ।

यो बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको बैक खातामै साउन १ गतेदेखि रकमान्तर गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।

पहिलो चरणमा लिलामी प्रकृयाबाट विक्री खुला गर्दा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधननै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरी विक्री गरेको हो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १०:५१