काठमाडौं । एक सय ३३ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
नेपाल कानून व्यवसायी परिषद्, ऐन २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको छ ।
वरिष्ठ अधिवक्ताको सूचीमा कानूनमन्त्री गोविन्द बन्दी समेत रहेका छन् ।
Comment