सुनको मुल्य तोलामा तीन सय रुपैंयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा तीन सय रुपैंयाले बृद्धि



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : ३० असार २०७९, बिहीबार ११:२१