साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय



काठमाडौँ । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकले साउनमा निक्षेपको ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका हुन् । बैंकर्स संघले असार महिनामा पनि सोही व्याजदरलाई निरन्तरता दिएका हुन् ।

राष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आएका बेला बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिनाको अन्तिममा अर्को महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

प्रकाशित : २९ असार २०७९, बुधबार १५:४९