लुम्बिनी विकास बैंकको सीईओमा विजयबहादुर श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी विकास बैंकको सीईओमा विजयबहादुर श्रेष्ठ नियुक्त



काठमाण्डौ । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर श्रेष्ठ नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठको नियुक्ति साउन २ गतेदेखि लागू हुने गरी उनको पदावधि ४ वर्षको हुनेछ। बैंकका सीईओ नरेशसिंह बोहराको कार्यकाल सकिएपछि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरिएको हो ।

प्रकाशित : २९ असार २०७९, बुधबार १२:०६