शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता एवम् शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा रहेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिनामा चालु खाता रु.५९५ अर्ब ७३ करोडले घाटामा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई रु.९ अर्ब ४९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २० करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार १६:४३