ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु हालेर प्लाष्टिकले छोपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु हालेर प्लाष्टिकले छोपियो



काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु हालेर प्लाष्टिकले छोपेको छ । पानी परेपछि सडक बिग्रिएको भन्दै पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि बाँकी रहेको फोहोरलाई जीवातु हालेर प्लाष्टिकले छोपिएको हो।

महानगर प्रमुख बालेन शाहको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको बताए।

महानगरले ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर नकारात्मक प्रभाव घटाउने प्रयास गरिरहेको छ । सवारी साधनको प्राविधिक क्षमता घट्नु लगाएतका विभिन्न प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसकेर ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ।

यी फोहोरको दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन्। यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

प्रकाशित : २६ असार २०७९, आईतवार १३:३३