हिमालयन र सिभिल बैकको मर्जर सम्झौता स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन र सिभिल बैकको मर्जर सम्झौता स्थगित



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरका लागि सम्झौता नहुने भएको छ। दुई बैंकका सञ्चालकहरुबीच सहमति भएर आज सम्झौता गर्ने तयारी गरिएपनि स्वाप रेशियोमा चित्त नबुझ्दा दुई बैंकबीचको मर्जर पुनः रोकिएको हो

हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो। हिमालयन बैंकले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको थियो।

हाल हिमालयन बैंकको चुक्तापूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ भने सिभिल बैंकको ९ अबै ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हिमालयन बैंकले गत वर्षको सञ्चित मुनाफाबाट यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको छ ।

सिभिल बैंकले भने गत वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको हो ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १३:१२